भरतपुर महानगरमा एमाले र राप्रपाबिच तालमेल हुने

काठमाडौं ! भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल हुने भएको छ। उपमेयर, दुई वटा वडाध्यक्ष र केही सदस्य पद पाउने भएपछि राप्रपाले एमालेलाई सघाउने निर्णय गरेको हो।
आइतबार दिनभरको प्रयास असफल भएपछि राप्रपाले भरतपुर र माडी नगरपालिकाका मेयरको उम्मेदवार घोषणा गरेको थियो।

राति केन्द्रीय तहमै सहमती भएपछि भरतपुरमा तालमेल हुने पक्का भएको हो।
सहमतीअनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर १५ र २६ मा राप्रपाले उठाउने वडाध्यक्षलाई एमालेले सहयोग गर्नेछ। वडा नम्बर ४, ११, १६, १९ र २४ मा मित्रवत प्रतिष्पर्धा गर्ने र बाँकी वडामा एमालेका उम्मेदवारलाई राप्रपाले सघाउने सहमती भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *