धनगढी-१२ मा लोकप्रिय युवा नेता शेर बहादुर महरा(एसबी) एमालेबाट वडा अध्यक्षको उम्मेदवार

धनगढी ! नेकपा एमाले धनगढी उपमहानगरपालिका वडा न.१२ अन्तरगत नेकपा एमालेको तर्फबाट शेर बहादुर महरा(एसबी) वडा अध्यक्षको उम्मेदवार हुने भएका छन् । हिजो राती अबेरपछिको निर्णयबाट पार्टीले उनलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।

वडा कमिटीको सिफारिस हुँदै नगर र जिल्ला कमिटीको राय अनुरुप एमाले प्रदेश कमिटीले योग्य ठान्दै महरालाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो। महरा एमालेको बलिया उम्मेदवारको रुपमा रहेका छन् । बिगतमा काङ्ग्रेसले जितेको उक्त वडामा यसपाली आफ्नो पार्टीको किल्ला बनाउन उनी सक्षम रहेको जनाइएको छ। युवा जोश र वडामा विकास अनि जनताको चाहनालाई बुझेका महरा वडा न.१२ मा लोकप्रिय पात्रका रुपमा चिनिन्छन। विभिन्न सामाजिक संस्थाहरुमा क्रीयाशिल उनी जनतामाझ राम्ररी घुलमिल बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *