घोडाघोडी नगरपालिकाको मेयरका लागि एमालेको तर्फबाट ममताप्रसाद चौधरी उम्मेदवार

कैलाली ! नेकपा एमालेले कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुखमा ममताप्रसाद चौधरी र उपप्रमुखमा करुणा बम बटालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। जिल्ला कमिटीले सिफारिस गरे अनुरुप आज एमाले सुदुरपश्चिम प्रदेश कमिटीले उक्त नामावलीलाई अन्तिम रुप दिएको हो।

नगर प्रमुखका उम्मेदवार चौधरी यस अघि पनि उक्त नगरपालिकाका प्रमुखमा निर्वाचित हुनुभएको थियो। प्रमुखमा उम्मेदवारी पुनः दिने भएपछी उहाँले केही दिन अघिमात्र आफ्नो पदबाट राजिनामा दिनुभएको थियो।
प्रमुखमा उम्मेदवार चौधरी एमाले कैलालीका निर्वाचित उपसचिव पनि हुनुहुन्छ। जनतामाझ लोकप्रिय रहनुभएका चौधरीले यसपटक पनि प्रमुखमा बाजि मार्ने आकलन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *