कैलालीको गोदावरी नगरपालिकामा एमालेको मेयर उम्मेदवारमा गोकर्ण भट्ट

अत्तरिया – नेकपा (एमाले)ले गोदावरी को मेयर मा गोकर्ण भट्ट लाई अघि सारेको छ । जिल्लाले प्रदेशमा तीन जनाको नाम पठाएपनी प्रदेश ले भट्ट को नाम अनुमोदन गरेको हो । यस्तै एमालेले उपमेयर मा शारदा रोकायालाई उम्मेदवार बनाउने भएको छ । भट्ट एमाले गोदावरी नगरकमिटीका अध्यक्ष पनि हुन ।

को हुन भट्ट 
२०१९ साल डोटीको गडसेरा मा जन्मिएका भट्टले २०३६ साल आषाढमा नेकपा चाैथाे महाधिवेशनबाट सदस्यता लिएका हुन ।अखिलकाे साताै राष्ट्रिय सम्मेलनमा भाग लिन जांदा २०३८ साल चैत्र मा ३ महिना जेल पनि परे । जेलमा बस्दा काठमाडौं डिल्लीबजार सदरखाेर १ महिना र बिरगंजमा २ महिना जेल जिबन बिताए ।

उनी संगै त्यो बेला जेलमा एमाले उपाध्यक्ष राम बहादुर थापा बादल र माओबादी नेता मातृका यादव पनि थिए । गत स्थानिय निर्बाचनमा उनी माओबादीबाट गोदावरीको मेयरमा लडेका थिए । तर उनी त्यो बेला तेस्रो स्थानमा आएका थिए । एमाले र माओबादी मिलेर नेकपा बनेपछि  बिभाजन हुँदा भट्ट एमालेमा नै रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *