एमाले कैलाली : ११ वटा स्थानीय तहका लाग्यो उम्मेदवारको टुङ्गो

कैलाली – नेकपा एमालेले कैलालीका ११ वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको छ । यस्तै  चुुरे र मोहन्याल गाउँपालिकामा उम्मेदवार चयन गर्न बाँकी छ। एमालेले धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कुन्दकला रानाथारुलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ । एमाले एक नेताका अनुसार जिल्ला कमिटीले पठाएको आकांक्षीका सूचीका आधारमा उम्मेदवार चयन गरिएको जानकारी दिए ।

उनका अनुसार टीकापुर नगरपालिकाको मेयरमा श्याम खत्री र उपमेयरमा अनुपा केसी, लम्कीचुुहा नगरपालिकाको मेयरमा महादेव बजगाईं र उपमेयरमा जुना चौधरी, घोडाघोडी नगरपालिकाको मेयरमा ममताप्रसाद चौधरी र उपमेयरमा करुणा बम बटाला, गौरीगंगा नगरपालिकाको मेयरमा पदम सिंगाल र उपमेयरमा शान्ति सिंह, गोदावरी नगरपालिकाको मेयरमा गोकर्ण भट्ट र उपमेयरमा शारदा रोकाया तथा भजनी नगरपालिकाको मेयरमा हर्क बुुढा र तुलसी चौधरी उम्मेदवार बन्ने भएका छन् ।
जानकी गाउँपालिकाको अध्यक्षमा टेकबहादुर बम र उपाध्यक्ष गीता चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा केशरबहादुर डगौरा र उपाध्यक्षमा रमादेवी भुल, कैलारी गाउँपालिकाको अध्यक्षमा झुमा चौधरी र उपाध्यक्षमा जालुुराम चौधरी, तथा बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा कर्ण कुँवर र इन्दुु चौधरी सर्वसम्मत उम्मेदवार बनेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *