एमालेबाट काठमाडौं महानगर मेयरका उम्मेदवार स्थापितद्रारा प्रदेशसभा सदस्यबाट राजिनामा

काठमाडौं ! बागमती प्रदेशसभा सदस्य केशव स्थापितले राजीनामा दिनुभएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उहाँले आज प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको हो ।

आज आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले राजीनामा दिनुभएको हो । स्थापितलाई काठमाडौं महानगरको मेयर उम्मेदवारमा दरिलो पात्रका रुपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *