बेलौरी नगरपालिकाको विकास र सुशासनका लागि नेतृ कमला बोहरालाई मेयरमा उठाउने एमालेको निर्णय

कंचनपुर ! नेकपा एमालेले बेलौरी नगरपालिकाको मेयर पदका लागि एमाले केन्द्रिय कमिटी सदस्य कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बैलौरी नगर कमिटीको बैठकको प्रताव र कंचनपुर जिल्ला कमिटीको सुझावमा एमाले सुदुरपश्चिम प्रदेशले उहाँलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो।

नेतृ बोहरा राजनैतिक रुपमा जत्तिकै सामाजिक रुपमा पनि त्यत्तिकै परिचित नाम हो। नगरबासीका सुखदुःखमा सजिलै सामेल हुने उहाँ जनतामाझ लोकप्रिय मानिनु हुन्छ। एमालेले उहाँको उम्मेदवारी बारे निर्णय गरेसँगै बेलौरिका जनतामा उल्लास छाएको जनाइएको छ। भुगोलका जनतामा अति नै लोकप्रिय पात्र बोहरा बिपक्षी गठबन्धनका नेताहरु भन्दा लोकप्रिय मानिनुले उहाँको उम्मेदवारीलाई जितको उत्सुकताका रुपमा हेरिएको छ।

आसन्न बैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारी दर्ता हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *