धनगढीलाई विकास र सुशासनको मोडलमा डोर्‍याउन सक्षम उम्मेदवार रण बहादुर र कन्द्रकला

काठमाडौं ! नेकपा एमालेको हिजो सम्पन्न सचिवालय बैठकले स्थानीय तहमा पार्टीको तर्फबाट उठ्ने उम्मेदवारहरुको टुंगो लगाएको छ। पार्टीले महानगर र उपमहानगरका प्रमुख र उपप्रमुखहरुको टुंगो लगाएको हो।

सुदुरपश्चिमको अस्थायी राजधानी धनगढी उपमहानगरपालिकामा बैठकले पार्टीका नेता रण बहादुर चन्दलाई प्रमुख र नेतृ कन्द्रकला राना थारुलाई उपप्रमुखमा उठाउने निर्णय गरेको छ।

धनगढी सुदुरपश्चिमकै हव ठाँउ हो। विकास र सुशासनको हिसाबले यो शहर अरु शहरहरु भन्दा अगाडि छ। जनताको अपेक्षा र यहाँको विकासलाई बुझ्न सक्ने उम्मेदवार यसपालि एमाले उठाएको छ।

रण बहादुर चन्द एमालेको गत कार्यकालमा कैलाली उपाध्यक्ष थिए। उनी कैलाली जिल्ला अधिवेशनमा रतन थापासँग ४ मतले मात्र पराजित बनेका थिए। त्यसपछि पार्टीले उनलाई केन्द्रिय निर्वाचन कमिटीमा सदस्यका रुपमा मनोनीत गरेको छ।

हालसम्म कुनैपनि राजकीय पदमा अवसर नपाएको,इमान्दार र कुनैपनि विवादहरुमा नमुछिएको पात्रका रुपमा उनी चिनिन्छन।धनगढीलाई विकासको हिसाबले होस् वा अन्य हिसाबले,अब्बल शहर निर्माणका लागि उनी सक्षम पात्र हुन् । जनतामाझ सरल स्वभाव अनि मिजासिला पात्रका रुपमा आफुलाई उनले उभ्याएका छन् । उनको उम्मेदवारी अब चुनाब जित्नलाई मात्र हैन,धनगढीको मुहार फेर्नलाई एउटा अवसरको रुपमा बुझिएको छ। स्वतन्त्र उम्मेदवारका नाममा केहिले जनतामा अनेक सपना बाडेका छन् तर देशको दलिय प्रणालीमा स्वतन्त्र भनिनेले सार्थकता पाउँदैन। हामी दलिय प्रणालीमा रहेकोले चुनाबमा कुनै दल आवद्ध हुनैपर्छ अनि मात्र कुनैपनि स्थानले फड्को मार्छ।

एमाले जस्तो राष्ट्रवादी र विकासवादी पार्टीको इमान्दार र जनताको मन मस्तिष्क बुझ्ने पात्रका रुपमा रण बहादुर चन्द उम्मेदवारका रुपमा आएका छन्,धनगढीका जनताले यो अवसरलाई खेर पक्कै फाल्ने छैनन् ।

त्यसैगरी उपप्रमुखको उम्मेदवारका रुपमा पार्टीले निर्णय गरेकी कन्द्रकला राना थारु धनगढीकि स्थानीय बासिन्दा हुन् । राजनीतिसँगै सामाजिक अभियानहरुमा उनी अत्यन्त सक्रीय छिन् । राना थारु समुदाय माझ अत्यन्त लोकप्रिय उनी अरु समुदायसँग पनि उत्तिकै परिचित छिन् । प्रष्टवक्ता,सामाजिक अभियानमा अग्रसर उनलाई धनगढीमा धेरैले चिन्ने गर्छन् । एमालेको राजनीतिमा सक्रिय उनी हाल एमाले कैलालीको जिल्ला कमिटी सदस्य हुन् । हरेक चुनौतिलाई अवसरका रुपमा र जनताको चाहनामा ढाल्न सक्ने उनमा क्षमता छ। बदलिँदो आजको समाज र परिस्थितिलाई सजिलै बुझ्ने उनी उपप्रमुखको अब्बल दावेदार हुन् ।

एमालेले उठाएका यी पात्र धनगढीलाई रोल मोडल बनाउन सक्षम छन् । गफमा हैन,झुठा आश्वासन बाडेर हैन,यथार्थपरक ढङ्गले जनताको मन जित्न र धनगढीलाई विकासको गतिमा लैजान अरु पार्टीका उम्मेदवार भन्दा सक्षम छन् यी उम्मेदवारहरु। त्यसैले धनगढीका जनताले आफ्नो उपमहानगरपालिकालाई सबल र सक्षम बनाउने हो भने उनिहरुलाई रोज्छन भन्नेमा दुइमत नदेखिएको जानकारहरु बताउँछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *