एमालेले टुंग्यायो महानगरहरुको मेयर र उपमेयरका उम्मेदवार

काठमाडौं । नेकपा (एमाले)ले महानगरपालिका र उपमहानगरपालिको उम्मेदवार टुंगो लगाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको हो । बैठकले काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापित र उपप्रमुखमा सुनिता डंगोललाई उठाउने निर्णय गरेको छ ।

यस्तै, पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल, भरतपुरमा विजय सुवेदी र ललितपुर हरिकृष्ण व्यञ्जनकारको नाम बैठकले चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *