दमकका जनताले रुचाएकी गीता अधिकारी एमालेबाट मेयरमा उम्मेदवार

झापा ! नेकपा एमालेले दमक नगरपालिकाको मेयरमा हालकी उपमेयर गीता अधिकारीलाई मेयरको उम्मेद्वार बनाएको छ ।

एमाले प्रदेश नं १ का इन्चार्ज देवराज घिमिरेका अनुसार केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज अधिकारीलाई मेयरको उम्मेद्वार बनाउने निर्णय भएको जानकारी दिनुभयो । त्यसैगरी उपमेयरमा अम्बिका खनाललाई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ ।

मेयरकी उम्मेदवार अधिकारी दमकका स्थानीय जनताबिच अत्यन्त लोकप्रिय हुनुहुन्छ। लोकप्रिय रहेकै कारण पार्टीले उहाँलाई टिकट दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *