एमाले सचिवालय बैठक सुरु : उपमहानगर र महानगरका उम्मेदवारको आजै टुंगो लाग्ने

काठमाडौं ! नेकपा(एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक अध्यक्ष निवास बालकोट भक्तपुरमा केहीबेर अघि मात्र सुरु भएको हो। निर्धारित समय भन्दा केही समय ढिला भएको आजको बैठकलाई महत्त्वका साथ हेरिएको छ।

एमाले सचिवालय बैठकले आज स्थानीय निकायको निर्वाचनको लागि उपमहानगरपालिका र महानगरपालिकामा उम्मेदवार बन्ने मेयर र उपमेयरको टुंगो लगाउने छ। प्रदेश कमिटीको सिफारिसमा आएका नामहरु बारे बैठक अघि अध्यक्ष ओलीले प्रदेश अध्यक्ष र इन्चार्जहरु सँग छुट्टाछुट्टै ब्रीफिङ लिनु भएको थियो। उक्त छलफलका आधारमा र सचिवालय बैठकको धारणा अनुरुप उम्मेदवार छानिनेछन। उम्मेदवार छान्नु अघि बालकोटमा नेताहरुको घुइँचो लागेको छ। केही जिल्ला अध्यक्ष देखि इन्चार्जहरुपनि आफू सम्बद्ध उम्मेदवारहरुको लागि टिकट लबिङ गर्न बालकोट पुगेको बालकोट स्रोतले जनायो,यसैगरी उम्मेदवारमा जिल्ला र प्रदेशबाट पनि सिफारिसमा परेकाहरुपनि बालकोट पुगेका छन् । आजको बैठकलाई सबैले महत्त्वका साथ हेरेका छन् ।                               

Leave a Reply

Your email address will not be published. Required fields are marked *