वीरेन्द्रनगर नगरपालिकाको मेयरको लागि एमालेबाट मोहनमाया ढकाल

सुर्खेत ! आसन्न स्थानीय तहको निर्वाचनमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एमालेले मोहनमाया ढकाललाई मेयरमा टिकट दिने भएको छ ।
हालकी उपमेयर समेत रहनु भएकी ढकाल पार्टी केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज हुनुहुन्छ । यस्तै उपमेयरमा नगर अध्यक्ष निलकण्ठ खनाललाई टिकट दिने निर्णय भएको प्रदेश कमिटीका एक पदाधिकारीले जानकारी दिनुभयो । ढकाल स्थानीय जनतामाझ लोकप्रिय नेतृ हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *