एमालेको पार्टी कार्यालय च्यासलमा सर्यो : अध्यक्ष ओलीद्रारा उद्घाटन

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारेको छ । एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्यनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका बीच पार्टी कार्यालयको उदघाटन गर्नुभएको छ ।

कार्यालय सञ्चालनका लागि एमालेले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन भाडामा लिएको हो । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय भने अहिलेको भवनबाट पश्चिमतिर नयाँ भवन बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *