काठमाडौं ! नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।
पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरिएको हो । घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।
घोषणापत्रलाई निर्वाचनमा महत्वपूर्ण मानिन्छ, जहाँ दलको प्रतिबद्धतासँगै पाँच वर्षे नीति तथा कार्यक्रमको स्पष्ट खाका हुन्छ । दलका प्रतिनिधि निर्वाचनबाट निर्वाचित भएको अवस्थामा उक्त घोषणापत्रलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ ।
गत स्थानीय तहको निर्वाचनमा पनि एमालेको उत्कृष्ट घोषणापत्रले एमाले पहिलो पार्टी बनेको थियो।