एमाले पार्टी कार्यालय आजबाट च्यासलमा सर्दै : यस्ता छन् आज उक्त स्थानबाट हुने कार्यक्रमहरु

काठमाडौं ! आज ७४ औं नेपाल कम्युनिस्ट पार्टी स्थापमा दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ। यसैगरी आजै नेकपा एमालेले विभिन्न कार्यक्रम गरि नेपाल कम्युनिस्ट पार्टी दिवस मनाउँदैछ।

आज नेकपा एमालेको पार्टी कार्यालय थापाथलीबाट तुल्सीलाल स्मृति भवन च्यासलमा सर्दैछ।पार्टीका गतिविधिहरु अब उक्त कार्यालयबाटै संचालन हुनेछन् । यसैगरी आजै एमालेले उक्त स्थानबाट ‘कम्युनिस्ट योद्धा’ सम्मान कार्यक्रम राखेको छ। आगामी स्थानीय निकाय निर्वाचनको लागि पार्टीको घोषणापत्र पनि आज सार्वजनिक गरिंदैछ। त्यस्तै आजै उक्त स्थानबाट विभिन्न पार्टी परित्याग गरि आउनेहरुलाई प्रवेश गराउने कार्यक्रमपनि रहेको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा एमाले अध्यक्ष केपी शर्मा ओली रहनु हुनेछ। उहाँ लगायत पार्टीका शिर्ष नेताहरुको उपस्थिति रहने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *