महानगर र उपमहानगरका उम्मेदवारबारे छलफल गर्न एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि देशका महानगर र उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

आज दिउँसो अध्यक्ष ओली निवास बालकोटमा बस्ने बैठकमा उम्मेदवारको मापदण्डबारे छलफल हुने एक नेताले सभ्यखबरलाई बताउनु भयो।

उम्मेदवारको मापदण्डबारे छलफल भै प्रदेशबाट आएका सिफारिस बारे छलफल गरि अन्तिम टुंगो लगाउने दिशातर्फ बैठक अघि बढ्ने जनाइएको छ।

उम्मेदवारको मापदण्ड तय गर्दा स्थानीय तहमा लोकप्रियता,पार्टीप्रतिको लगाब,आचरण आदिलाई हेरिने जनाइएको छ।
बैशाख ११ र १२ गते उम्मेदवार मनोनयन दर्ता अघि नै दलहरुले आफ्नो उम्मेदवारको टुंगो लगाइसक्नु पर्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *