काठमाडौं मेयरका लागि एमालेबाट तीन जनाको नाम सिफारिस

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट तीन जनाको नाम सिफारिस भएको छ । एमाले महानगरले ५ जनाको नाम सिफारिस गरेकोमा जिल्ला कमिटीले ३ जनाको नाम मात्रै प्रदेशमा पठाएको हो । महानगरमा नयाँ अनुहारका रुपमा इन्दिरा पन्तको नाम सिफारिस भएको छ । एमाले नयाँ अनुहारलाई पनि उच्च स्थान दिने बताउँदै आएको छ। पन्तसँगै वर्तमान मेयर विद्यासुन्दर शाक्य र यसअघि मेयर भइसकेका केशव स्थापितको नाम सिफारिस भएको छ ।

प्रदेशले पठाएको नाममा केन्द्रीय कमिटीमा पनि छलफल हुने जनाइएको छ । एमालेले महागरनमा केन्द्रीय कमिटीले नै उम्मेदवार छान्ने मापदण्ड बनाएको छ ।  एमालेले नयाँ अनुहारलाई प्राथमिकता दिने नीति अबलम्बन गरेसँगै पन्तको संभावना बलियो देखिएको जनाइएको छ ।
प्रदेशले पठाएको तीनजनाको नाममा केन्द्रीय कमिटीले छलफल गरी ११ गतेसम्म टुंगो लगाइसक्ने छ । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनका लागि सत्ता गठबन्धन एकातिर छन् भने एमाले अर्कोतिर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *