एमालेले हरेक वर्ष वैशाख ७ मा युवा उत्सव मनाउने अध्यक्ष ओलीको घोषणा

काठमाडौ ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक वर्ष वैशाख ७ गते युवा उत्सव मनाउने घोषणा गर्नुभएको छ । ललितपुरको गोदावरीमा आज नेकपा एमालेद्वारा आयोजित ‘युवासँग म’ कार्यक्रमा उनले हरेक वर्षको वैशाख ७ गते युवा उत्सव मनाउने र युवासँग अन्तरक्रिया गर्ने बताउनु भयो ।

प्रत्येक वर्षको वैशाख ७ गते युवा उत्सवको रुपमा मनाउने छौं‚’ अध्यक्ष ओलीले भन्नुभयो, ‘युवाहरूको फिलिङ वा आकांक्षाहरूको सन्दर्भमा कुरा सुन्ने छौैं । त्यस विषयमा दृष्टिकोण पनि प्रस्तुत हुने पहिलो प्रयास हो ।’
हरेकले बोल्न सम्भव नभएको र विभिन्न सेक्टरबाट बोल्ने अवसर पाउने अध्यक्ष ओलीले बताउनु भयो । ‘युवा विद्यार्थी र संगठन मात्रै नभएर विभिन्न क्षेत्रका युवाको अनुभूतिहरूलाई यसमा समावेश गरिनेछ,’ उहाँले भन्नुभयो , ‘जैविक र मानवीय आवश्यकताको परिपूर्ति कसरी हुन्छ; त्यस विषयमा संक्षिप्तमा चर्चा गर्ने छौं । अन्तरक्रियालाई अघि बढाउने छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *