एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बुधबार संसद् अधिवेशन आह्वान भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो।

एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बुधबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको जानकारी दिए। नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्न लागेको हो।

संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको हो। नेकपा एमालेले संसद बैठक सुचारु हुन नदिने संकेत देखाइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *