एमाले सचिवालय बैठक : उम्मेद्वार सिफारिस भएका नेताहरुको नाम समानुपातिक सुचीबाट हटाइने

काठमाडौं ! नेकपा एमालेको सचिवालय बैठक भर्खरै सकिएको छ। अध्यक्ष ओलीको निजि निवास बालकोट भक्तपुरमा बसेको बैठकले समानुपातिकमा नाम रहेका नेताहरुकोे नाम फिर्ता लिने निर्णय गरेको छ ।

उक्त बैठकले कतिपय वडा र नगर कमिटीहरुले समानुपातिकमा रहेका नेताहरुको समेत स्थानीय तहको उम्मेद्वारको रुपमा सिफारिस गरेकोले त्यस्ता नेताको फिर्ताको निर्णय भएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले संचार माध्यमलाई जानकारी गराउनु भयो ।

उक्त बैठकले स्थानीय निर्वाचनका लागि तयार भएको चुनावी घोषणापत्र पारित गरेको छ। उक्त घोषणापत्र यहि बैशाख ९ गते पार्टी स्थापना दिवसमा सार्वजनिक गरिदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *