एमाले महासचिव पोखरेल भन्नुहुन्छ – स्वार्थको सम्बन्ध गाँसेकाहरुको दुःखद् अवसान अनिवार्य छ

काठमाडौं ! नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक राजनीतिक सम्बन्धलाई भत्काएर स्वार्थको सम्बन्ध गाँसेकाहरुको दुःखद् अवसान अनिवार्य हुने दावी गर्नुभएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनलाई लक्षीत गर्दै उहाँले उक्त पाँच दलीय गठबन्धन राजनीतिक नभई स्वार्थको मात्र भएको बताउनुभएको छ । गठबन्धनभित्र निर्वाचनको लागि भागबण्डामा समस्या उत्पन्न भइरहेको उहाँको दावी रहेको छ । हिजो माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बढी भाग खोजेकै कारण गठबन्धनभित्र समस्या उत्पन्न भएको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।

सोही अभिव्यक्तिलाई लक्षित गर्दै महासचिव पोखेलले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘राजनीतिक सम्बन्धलाई भत्काएर स्वार्थको सम्बन्ध गाँसेकाहरुको अवसान दुःखद हुनु अनिवार्य छ । गठबन्धनबीचको खटपटले त्यही संकेत गर्दैछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *