बाराको जितपुरमा एमालेको क्रेज : १६५ जनालाई महेश बस्नेतले गराउनुभयो पार्टिमा प्रवेस

काठमाडौं ! बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा विभिन्न पार्टि परित्याग गरी १ सय ६५ जना नेकपा एमालेमा पार्टि प्रवेस गरेका छन् । जसपा पार्टि परित्याग गरी लामो समयदेखि स्वतन्त्र रुपमा समाजसेवामा लाग्नु भएका नेता राजुराज गिरीले आफु सहित जीतपुर ७ नम्बर वडा बाट एमालेलाई रोज्ने सबैको तर्फबाट नेकपा एमालेलाई यस स्थानिय तहमा अझै सशक्त बनाउन आफनो पहल हुने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । 
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा आयोजित पार्टि प्रवेस कार्यक्रमाम राष्ट्रिय युवा संघ नेपालका इन्चार्च एवम नेकपा एमालेका केंद्रीय सदस्य महेश बस्नेतले नेपाली कांग्रेस र जसपा पार्टि छाटेर आउनेलाई अबिर र मधेशको पहिचान गम्छा लगाएर नेकपा एमालेमा पार्टि प्रवेस गराउनुभएको हो ।
पार्टि प्रवेस कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्रि बस्नेतले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउदै यस सरकारबाट जनताले कुनै आशा गर्न नहुने बताउनुभएको छ । माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठगाठलाई मापसे सरकारको संज्ञा दिदै बर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधीत्व गर्न नसक्ने उहाँको भनाई छ ।
उहाँले यस जीतपुर जस्तै देशैभरी नेकपा एमाले नै सहि हो भन्दै पार्टि प्रवेस गर्ने लहर चलेकोले पर्मादेशबाट हटाइएको नेकपा एमालेको सरकार जनादेशबाट पुन : नेतृत्वमा आउने उद्घोष गर्नुभयो ।
नेकपा एमाले जीतपुरका पुराना एवम अग्रज नेता मोजाहिर अंसारीको सभा अध्यक्षतामा आयोजीत कार्यक्रममा नेपका एमालेका केन्द्रिय सदस्य अच्युत मौनाली, प्रदेश नम्बर २ का अध्यक्ष ज्वाला साह, नेपका एमालेका केन्द्रिय सदस्य एवम बारा अध्यक्ष बलबिर चौधरी, प्रेदश नम्बर २ का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतीदेबि चौधरी लगाएको सयौँ नेता कार्यकताको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *