एमाले भक्तपुरका अध्यक्ष बचन देउजाद्रारा मध्यपुर थिमिको नगर प्रमुखमा उम्मेदवारी   

काठमाडौं । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष  बचन देउजाले मध्यपुर  थिमिको   नगर प्रमुखमा उम्मेदवारी  दिएका छन् ।

देउजा  सरल स्वभाव , प्रष्ट बिचार र लगनशीलताका साथ नेकपा एमाले भक्तपुरमा कुशल साङ्गठनिक नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका चिरपरिचित ब्यक्ति हुन् ।

भक्तपुरमा नेकपा एमालेको संगठन बिस्तारमा उनको महत्वपूर्ण भूमिका रहेको छ ।  देउजाले मध्यपुर थिमिका  नगरबासीहरुको इच्छा र आकांक्षालाई  पुरा गर्ने अठोटका साथ देउजाले नगर प्रमुखमा उम्मेदवारी  दिएका छन् ।   देउजाले भक्तपुरमा तेस्रो स्थानमा रहेको नेकपा एमालेलाई अघिल्लो निर्वाचनमा पहिलो नम्वरमा ल्याउनलाई उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।

युवाहरु  माझ निकै लोकप्रीय देउजाले यो पल्टको निर्वाचनमा पनि  भक्त्तपुरमा एमालेलाई पहिलो पार्टी बनाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *