सत्ता गठबन्धनले देशको आर्थिक अवस्था इतिहासकै जरजर रुपमा पुर्यायो : उपाध्यक्ष पौडेल

काठमाडौं! नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशको आर्थिक अवस्था जरजर अवस्थामा पुगेको बताउनु भएको छ । आज (आइतबार) नेकपा एमालेको प्रचार विभागले मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक कार्यक्रममा बोल्दै पौडेलले मुलुकलाई आर्थिक संकटबाट बचाउन सार्थक हस्तक्षप गर्नुपर्ने बताउनु भयो। केपी शर्मा ओली नेतृत्वको सरकारले स्वस्थ र सुदृढ अर्थ व्यवस्था छाडेर विदा भएको भन्दै उपाध्यक्ष पौडेलले ९ महिनाको अवधिमा मुलुकको अर्थ व्यवस्था अत्यन्त जोखिम अवस्थाबाट गुज्रिएको उल्लेख गर्नुभयो।

‘ श्रीलंका हुनबाट कसैले रोक्ने छैन । संकट उन्मुख आर्थिक अवस्थाबाट बाहिर निकाल्नका निम्ती तदनुरुपका नीतिहरु अवलम्बन गर्नुपर्छ । तदनुरुपका निर्णय गर्नुपर्छ ,’ उहाँले भन्नुभयो।
उहाले अर्थतन्त्रलाई नकारात्मक दिसातर्फ लैजान अनुकुल मिल्ने गरी काम भएको दावी गर्नुभयो।  सरकारले अवलम्बन गरेको नीति सच्याएन भने मुलुक थप संकटतर्फ जाने उहाँको ठोकुवा छ।  उहाँले ओली नेतृत्वको सरकारले युगिन महत्वपूर्ण कार्यहरु सम्पादन गरेको दावी गर्नुभयो। ‘एमालेले सरकार छोड्दा सबै आर्थिक इन्डिकेटरहरु सन्तोषजनक थिए । कोभिड–१९ महामारी सामना गर्दै अर्थतन्त्रका परिसूचकहरु बिग्रिन दिएका थिएनौं,’ उहाँले भन्नुभयो,’ तुलनात्मक रुपमा मुलुकको अर्थतन्त्र सवल र सुदृढ थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *