एमालेले तीन पुर्वअर्थमन्त्री सहित मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्दै

काठमाडौं ! नेकपा एमालेले तीन पूर्वअर्थमन्त्रीहरूलाई सहभागी गराएर मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ।
केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज होटल हिमालय कुपन्डोलमा मध्यान्ह १२:३० बजे पत्रकार सम्मेलन गर्न लागिएको बताउनु भएको छ।

उहाँले मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गरिने बताउनु भयो।
कार्यक्रममा एमालेका नेतासमेत रहेका पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा सहभागी हुने बताइएको छ।

हाल देशमा आर्थिक संकट उत्पन्न हुने परिस्थिति पैदा भैरहेको समयमा सरकारले खेलेको भुमिका माथि एमालेले बारम्बार प्रश्न गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *