रामेछाप नगरपालिकामा एमालेले टुंगो लगायो उम्मेदवार : प्रमुखमा पाख्रीन र उपप्रमुखमा केसी सिफारिस

काठमाडौं ! नेकपा एमालेले आशन्न स्थानीय तहको निर्वाचनका लागि रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार सर्वसम्मतरुपमा सिफारिस गरेको छ । नगर कमिटीको बैठकले मेयरमा रोशन पाख्रिन र उपमेयरमा सीता कुमारी केसीको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको हो ।

एमालेले नगरपालिकाका मेयर र उपमेयरको टिकट भने नगर कमिटीको सिफारिस र जिल्ला कमिटीको सुझावका आधारमा प्रदेश कमिटीबाट लगाउने निर्णय गरेको छ ।

मेयरमा सिफारिस भएका पाख्रिन अघिल्लो निर्वाचनमा एक सय मतको झिनो अन्तरमा कांग्रेसका नरवहादुर मगरसँग पराजित भएका थिए । त्यसबेला उपमेयरमा सीता केसी सिफारिस भए पनि मतदाता नामावली काठमाडौंमै रहेकाले अर्को उम्मेदवार उठाउँदा त्यसको असर मेयरमा परेर एक सय मतले पराजित हुनुपरेको स्थानीय राजनीतिकर्मी बताउँछन् ।

त्यसैले पनि यसपटक सर्वसम्मतरुपमा उम्मेदवार चयन गर्दै एमाले चुनावी अभियानमा लागेको केसीले बताइन् । पाख्रिन नगर कमिटीका अध्यक्ष हुन् भने केसी जिल्ला कमिटी सदस्य हुन् । पालिका प्रमुख र उपप्रमुखको सिफारिस टुंगो लगाउने रामेछाप नगर कमिटी पहिलो बनेको जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *