पर्वत जनसभा : एमाले झन उत्साही,सत्ता गठबन्धनलाई थप चुनौती

काठमाडौं ! नेकपा एमाले पर्वतले आज बृहत् जनसभा र पार्टी प्रवेश कार्यक्रम कुस्मामा आयोजना गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथिमा एमाले अध्यक्ष केपी शर्मा ओली हुनुहुन्थ्यो। एमाले पर्वतले आयोजना गरेको उक्त जनसभामा अहिलेसम्मकै धेरै जनताहरुको उपस्थिति रहेको जनाइएको छ। ‘उक्त जनसभा आजसम्मकै विशाल र भब्य हो! हामीले कुनैपनि राजनैतिक दलको सभामा यति धेरै जनताको उपस्थिति देखेका थिएनौ। ‘

लाखौं जनताको उपस्थितिमा जिल्लामा यो किसिमको सभा हुनु ५ दलिय गठबन्धनको लागि चुनौती बनेको छ। उक्त सभामा हजारौंले विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका थिए। उनिहरुलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभएको थियो। उक्त सभामा विशिष्ट अतिथिका रुपमा एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल,पोलिटव्युरो सदस्य जगत विश्वकर्मा,पर्वतबाट प्रतिनिधि सभा सदस्य पदम गिरी लगायतका नेताहरुको उपस्थिति थियो। प्रदेश इन्चार्ज पद्मा अर्याल,नेता पदम गिरी लगायतका नेताहरुको उत्कृष्ट व्यवस्थापन र मेहनतले पर्वतमा देखिएको यो जनलहरबाट एमालेलाई थप उत्साही बनाएको छ भने गठबन्धनलाई एमालेको सामना गर्न झन चुनौती थपिएको छ।                                         

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *