जनादेशबाट एमाले फेरि सरकारमा फर्किने प्रवक्ता ज्ञवालीको दावी

 

काठमाडौं ! प्रमुख प्रतिपक्ष दल एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने दाबी गरेका छन् । तत्कालका लागि आफूहरु सरकारबाट हट्नु परेको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यमबाट फेरि आफ्नो पार्टी सरकारमा फर्कने बताउनु भएको छ ।

एमाले ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले स्थानीय तह निर्वाचन, प्रदेश तह निर्वाचन र संघीय तह निर्वाचनको तयारीमा जुट्न पनि पार्टीपंक्तिलाई आहृवान गर्नुभयो ।

प्रवक्ता ज्ञवालीले भन्नुभयो, ‘हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नुछ । अबको १५/१६ महिनापछि हुने प्रदेश र संघको निर्वाचनको लागि तयारी गर्नुछ । ठीक छ, परमादेशबाट हामीलाई हटाइएको छ । जनादेशबाट फेरि फर्कने छौं, हामी सरकारमा । परमादेशबाट हामीलाई प्रतिपक्ष बनाइएको छ । जनताको मायाबाट हामी फेरि फर्कनेछौं । र, फेरि देशलाई ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय अभियानमा साथ अघि बढाउनेछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *