घोडाघोडी नगरपालिका-१० मा एमालेको वडा सम्पर्क कार्यालय उद्घाटन

कैलाली ! स्थानिय तहको निर्बाचन नजिकिए संगै कैलालीको घोडाघोडी नगरपालिकामा नेकपा एमालेले चुनाबी अभियानलाइ तिब्रता दिएको छ ।
यसै अनुरुप नेकपा एमाले कैलाली स्थित घोडाघोडी नगरपालिका-१० को पार्टी सम्पार्क कार्यालयको उद्घाटन गरिएको छ । नेकपा एमालेकी पोलिटब्युरो सदस्य एवं सुदुरपश्चिम सह-इन्चार्ज लिला भण्डारीले उक्त पार्टी सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो।

उक्त कार्यालय उद्घाटन गर्दै उहाँले नेकपा एमालेका कार्यकर्तालाइ थकाइ मार्ने छुट नभएको समेत बताउनु भएको हो ।
यतिबेला नेकपा एमालेको लोकप्रीयताबाट आत्तिएकाहरुको गठबन्धन एमालेलाइ पराजित गर्न हरदाउ खोजेर बसेको भन्दै त्यस्ता अपवित्र गठबन्धन बाट असर नपर्ने भण्डारीले बताउनुभयो ।
अहिले देशको आवश्यकता एमाले भएको हुनाले एमालेलाइ जित बाहेकको विकल्प नरहेको नेतृ भण्डारीको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *