धनगढीमा एसका मान्छेले झुक्याएर पार्टी प्रवेश गराएको भन्दै एमालेमै फर्किइन नेतृ पार्वती गिरी

धनगढी ! दुई साता अघिमात्र नेकपा एमालेबाट नेकपा(एस)मा प्रवेश गरेकी भनिएकी एमाले धनगढी उपमहानगरपालिका नगर सचिवालय सदस्य पार्वती गिरी अन्ततः एमालेमै फर्किएकी छन् ।
आज उनलाई धनगढी-८ मा एक कार्यक्रमका बिच एमाले पोलिटव्युरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी रानाले पार्टिमा खादा ओढाएर स्वागत गर्नुभयो।

धनगढी एमालेमा सकृय रहेकी गिरी गत स्थानिय निर्वाचनमा धनगढी वडा न.८ बाट वडा सदस्यकी उम्मेदवारपनि थिइन् तर उनले र प्रतिद्वन्दीले प्राप्त मत बराबर भएपछि गोला प्रथाद्रारा उनी निर्वाचनमा पराजित भएकी थिइन् । आफ्नो मुल पार्टी फर्किने क्रममा उनले भनिन-`अन्जानमा आफुले गल्ती गरेको र एसका नेताहरुले अनावश्यक आश्वासन दिई आफुलाई कार्यक्रममा बोलाएको र पार्टी प्रवेश भन्दै टीका लगाइदिएका हुन्,म एमालेको सिपाही हुँ र उनिहरुको स्वार्थ थाहा पाएर आफू उक्त निर्णय मान्न तयार नभएकी हुँ।´
नेतृ गिरीले एसका नेताहरुले आफुलाई झुक्याएर पार्टी प्रवेश गराएको भन्दै आफू उनिहरुको षडयन्त्रमा नफसी आफ्नो मुल पार्टिको अभियानमा सदा इमानदार भै हिड्ने बताइन्।                   

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *