गोदावरी नगरपालिका-१० मा एमालेको पार्टी कार्यालय उद्घाटन

अत्तरिया ! नेकपा एमाले गोदावरी नगरपालिका वडा न १० को पार्टी कार्यालयको उद्घाटन गरिएको छ । आज मङ्गलबार दिउँसो एक कार्यक्रमका बिच खमौरामा बाक्लो कार्यकर्ताको उपस्थितिमा एमाले गोदावरी नगर कमिटी अध्यक्ष गोकर्ण भट्ट तथा एमाले कैलाली जिल्ला कमिटी सदस्य शारदा रोकायाले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नु भएको हो।

अब उप्रान्त एमाले गोदावरी १० वडा कमिटीले उक्त कार्यालय माफत नै पार्टिका आफ्ना काम कारवाहीहरु अघि बढाउने छ। स्थानिय निकायको निर्वाचन नजिकिदै जादा उक्त निर्वाचन लक्षित कार्यक्रमका लागि प्रभावकारी बनाउनपनि पार्टी कार्यालयको स्थापना गरिएको नगर अध्यक्ष गोकर्ण भट्टले सभ्यखबरलाई बताउनु भयो।                                                                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *