एमाले अध्यक्ष ओली आज वीरगंज जानूहुँदै : वीरगंजमा हजारौंलाई एमालेमा प्रवेश गराउने

वीरगंज । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज वीरगंज जाँदै हुनुहुन्छ ।

वीरगंजको घण्टाघरस्थित वीपी उद्यानमा हुन लागेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष आज ओली वीरगंज जान लाग्नु भएको हो ।

अध्यक्ष ओली काठमाडौंबाट बाराको सिमरा एयरपोर्टबाट वीरगंज जाने र त्यहाँबाट मोटरसाईकलको स्कर्टीङमा कार्यक्रम स्थलमा पुग्नुहुने आयोजकले जनाएको छ ।

अध्यक्ष ओलीले उक्त कार्यक्रममा हजारौंलाई पार्टी प्रवेश गराउदै हुनुहुन्छ । पछिल्लो समय मधेशमा एमाले प्रवेश गर्ने लहर चलेको भन्दै एमाले पार्टी मधेशमा पनि बलियो र लोकप्रिय पार्टीको रुपमा स्थापित पार्न एमालेले मधेश केन्द्रित अभियान नै चलाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *