एमालेकाे सुदूरपश्चिम प्रदेश स्तरीय स्थानीय तह निर्वाचन केन्द्रित चुनावी प्रचार रणनीतिक भेला धनगढीमा शुरू

धनगढी ! नेकपा एमालेकाे सुदूरपश्चिम प्रदेश स्तरीय स्थानीय तह निर्वाचन केन्द्रीत चुनावी प्रचार रणनीतिक भेला धनगढीमा शुरू भएकाे छ ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटिकाे आयाेजना तथा प्रेस चाैतारी नेपालकाे संयाेजनमा धनगढीकाे रिद्वीसिद्वी पार्टी प्यालेसमा रणनीतिक भेला आज शुरू भएकाे हाे । उक्त भेलालाई नेकपा एमालेका केन्द्रीय उप-महासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङ,पोलिटव्युरो सदस्य एवं एमाले सुदुरपश्चिम सह-इन्चार्ज लिला भण्डारी,राजेन्द्र रावल,पोलिटव्युरो सदस्य एवं एमाले कंचनपुर जिल्ला इन्चार्ज निरुदेवी पाल, केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामाेदर भण्डारी, प्रेस चाैतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतका नेताहरुको उपस्थिति रहेको छ ।

भेलाले अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीत रणनीति तय गर्ने बताइएकाे छ । उक्त भेलालाई नेताहरुले सम्बोधन गरिरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *