धनगढीमा चैत २१ गते एमालेको प्रदेश स्तरीय चुनावी प्रचार रणनीतिक भेला हुँदै

कैलाली! स्थानीय निर्वाचनको मिति नजिकिदै जाँदा दलहरुका निर्वाचन लक्षित कार्यक्रमहरुले तिब्रता पाएका छन् । यसै अनुरुप नेकपा(एमाले) सम्बद्घ पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेश कमिटीको आयोजनामा पर्सि सोमबार प्रदेश स्तरीय चुनावी प्रचार रणनीतिक भेला आयोजना हुने भएको छ।

उक्त भेला सोमबार चैत २१ गते बिहान ८ बजे धनगढीको ऋद्दिसिद्दी पार्टि प्यालेसमा राखिएको छ। एमाले केन्द्रिय प्रचार विभागको सहजीकरण र एमाले सुदुरपश्चिम प्रदेश कमिटीको समन्वयमा हुन लागेको उक्त कार्यक्रममा एमाले उप-महासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथी रहनु हुने जनाइएको छ। त्यसैगरी पार्टी सचिव एवं एमाले सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट,स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा,केन्द्रिय सदस्य एवं प्रचार विभाग उप-प्रमुख बिष्णु रिजाल,एमाले सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारी,प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत लगायतलाई प्रमुख वक्ताका रुपमा आमन्त्रण गरिएको जनाइएको छ।                                                                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *