खोटाङमा एमालेको विशाल जनसभा : विभिन्न पार्टी परित्याग गरि हजारौं एमालेमा प्रवेश

काठमाडौं ! खोटाङको दिक्तेलमा आज एमालेको विशाल जनसभा सम्पन्न भएको छ। खोटाङ एमालेद्रारा आयोजित उक्त जनसभाको प्रमुख अतिथिमा एमाले अध्यक्ष केपी शर्मा ओली हुनुहुन्थ्यो। साथै उक्त कार्यक्रमको विशिष्ट अतिथिमा एमाले उपाध्यक्ष राम बहादुर थापा `बादल´ हुन्हुन्थ्यो।

खोटाङको दिक्तेलमा आयोजित उक्त बृहत् जनसभामा विभिन्न पार्टी परित्याग गरी हजारौंको संख्यामा नेकपा (एमाले)मा पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष ओलीले पार्टिमा स्वागत गर्नुभएको थियो। एमाले पोलिटव्युरो सदस्य एवं खोटाङ जिल्ला इन्चार्ज विशाल भट्टराईले उक्त कार्यक्रम भब्य रुपमा सम्पन्न भएको र उल्लेख्य जनसहभागिता भएको बताउनु भयो।

उक्त सभामा अतिथिका रुपमा एमालेका केन्द्रिय सदस्य लगायत विभिन्न नेताहरुको उपस्थिति थियो।                                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *