दिउँसो माओवादी केन्द्र प्रवेश भनिएका गोदावरी-०१ एमाले नेता भीम बिक साँझ पुनः एमालेमै फर्किए

कैलाली! कैलालीको गोदावरी नगरपालिका-०१ नेकपा एमालेका नेता भीम बिक आज दिउँसो माओवादी केन्द्रमा प्रवेश गरेको भनेर केही अनलाइनहरुमा समाचार देखिए । उनी एमाले परित्याग गरिएको भनेको केही घण्टामै एमालेमा फर्किएका छन् । नेकपा एमाले कैलाली जिल्ला सचिवालय सदस्य हितेश ओझा र गोदावरी नगर कमिटी अध्यक्ष गोकर्ण भट्टको विशेष पहलमा उनी एमालेमै फर्किएका हुन् ।

उनी गोदावरी एमाले वडा न.०१ का पुर्व अध्यक्ष पनि हुन। केही घण्टामै एमालेमा फर्किएका बिकले आफुलाई झुठो आश्वासन दिई माओवादी प्रवेश गराउन खोजेको बताए।`मलाई झुठो आश्वासन दिएर फकाउन खोजियो तर म एमालेको पुरानो नेता भएकोले आफ्नो घर त्याग्न नसक्ने प्रतिक्रिया दिए।´-उनले भने।

माओवादी केन्द्र जनताका एजेन्डा र सिद्धान्तबाट च्युत भएकाले आफू कदापी त्यो बाटोमा नहिड्ने उनले प्रतिक्रिया दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *