२२ सय वहिर्गमीत पूर्व जनमुक्ति सेना एमालेमा प्रवेश : अध्यक्ष ओलीले गर्नुभयो स्वागत

काठमाडौं ! २२ सय वहिर्गमीत पूर्व जनमुक्ति सेना आज नेकपा एमालेमा प्रवेश गरेका छन् । उनिहरुलाई आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टिमा भित्र्याउनु भएको छ।

भक्तपुरमा आज बुधवार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले माओवादीका २२ सय पूर्वलडाकु एमालेमा प्रवेश गरेको नामलिष्ट ग्रहण गर्नु भएको छ । उहाँले नाम लिष्ट सहितको पुस्तक ग्रहण गर्दै प्रतिकात्मक रूपमा केही युवालाई अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले माओवादीले हिजो युवालाई दुरुपयोग गरेको बताउनुभयो । एमालेमा आउने युवालाई एमालेले दुरुपयोग नगर्ने उहाँको भनाइ छ ।

युवालाई देश बनाउन एमालेले सदुपयोग गर्ने उहाँले प्रष्ट पार्नुभयो । युवाको शक्ति र जोस जाँगरलाई एमालेले सही रूपमा उपयोग गर्ने अध्यक्ष ओलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *