एमाले अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको तयारीका सन्दर्भमा पार्टिका सबै पालिका अध्यक्षहरुसँग अन्तरक्रिया गर्नुहुँदै

काठमाडौ! पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज स्थानीय तहको निर्वाचनको तयारीका सन्दर्भमा सबै पालिकाका अध्यक्षहरुसँग अन्तरक्रिया गर्दै हुनुहुन्छ !

आज दिउसो १ बजेबाट सुरु हुने भनिएको उक्त भर्चुअल अन्तरक्रियामा स्थानीय निर्वाचनको पालिकास्तरको तयारी,घोषणा पत्रमा समेट्नु पर्ने विषयबस्तुहरु आदिका बारेमा पालिका अध्यक्षहरुको सुझाव पनि अध्यक्ष ओलीले सुनेर पार्टिले जारी गर्ने घोषणापत्रमा समेट्ने तयारी गरिएको छ।

भर्चुअल बैठकमा समितीले तयार गरेको घोषणा पत्रको अवधारणा पूर्व अर्थमन्त्री युवराज खतिवडा र पुनर्निमार्ण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशिल ज्ञवालीले प्रस्तुत गर्ने जनाइएकोछ ।

आगामी स्थानिय निर्वाचन बैशाख ३० गते हुने निश्चित भएसगै देशभर चुनाबी माहोल बढेर गएको छ। देशकै ठूलो पार्टी एमाले विरुद्ध सत्ता साझेदार गठबन्धन चुनाबी तालमेल गर्ने सम्मको छलफलमा छन् तर जनतामा आफ्ना मुद्दा  र एजेन्डाहरु स्थापित भैसकेकाले ५ दल वा १० दल एक भएपनि एमालेलाई फरक नपर्ने एमालेका नेताहरुले बताउदै आउनु भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *