जनताको मोर्चाले परमादेशबाट गठन भएको ५ दलीय गठबन्धनलाई परास्त गर्छ : महासचिव पोखरेल

काठमाडौ ! नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको मोर्चाले परमादेशबाट गठन भएको ५ दलीय गठबन्धन नामको परमादेशी मोर्चालाई परास्त गर्ने दावी गर्नुभएको छ।

`देशभरी एमाले प्रवेश गर्नेहरुको लहर छ, एमालेलाई घेराबन्दी गरेर देशलाई असफल बनाउन खोज्नेहरु बिरुद्धको नागरीकको मोर्चा बनेको छ,त्यसको नेतृत्व एमालेले गरेको छ। अवको निर्वाचनमा परमादेशी मोर्चालाई जनताको मोर्चाले परास्त गर्ने छ।´-उहाँले भन्नुभयो

`अव मुलुक बिकास र समृद्धीको बाटोमा हिडन चाहन्छ एमालेले नै बिकास र समृद्धीको अगुवाई गर्छ भनेर एमालेलाई चौतर्फी घेराबन्दी गरीयो तर जनताको लहर एमाले प्रति छ।´ कपिलबस्तुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले भन्नुभयो।

एमाले स्वाभिमान र स्वाधिनताका पक्षमा हिडेका कारण र जनताको लहर एमाले प्रति भएका कारण घेराबन्दी गरीयो अव एमालेले कपिलबस्तु त जित्छ जित्छ देश भरी नै जित्छ-उहाँले थप्नुभयो ।
अवको मुल काम जनताको जिवनमा परिवर्तन ल्याउने कुरा हो, मुलकको समृद्धिको नायक नेकपा एमाले हो, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षाको नायक केपी ओली हो-उहाँले भन्नुभयो।
हिजो एमालेलाई मधेश बिरोधी बनाईयो तर मधेशका जनताले पत्याएनन, तराई मधेशको बिकासको अभियान केपी ओलीको नेतृत्वमा सूरु भएको हो। अरुबाट त्यो सम्भव छैन भन्ने मधेशका जनताले बुझ्नु भएको छ-उहाँले स्पष्ट पार्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *