देउवा नेतृत्वको सरकार र कुबाटोमा गाडी कुदाउने ड्राइभर उस्तै हुन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको आरोप लगाएका छन् ।नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले स्वार्थहरुका पोका एक ठाउँ भेला पारेर अहिलेको सरकार गठन गरिएको र राजनीतिलाई पनि कुबाटोबाट हिँडाउन खोजिएको आरोप लगाएका हुन् ।

ओलीले अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार र कुबाटोमा गाडी कुदाउने ड्राइभर उस्तै भएको तर्क गरे । त्यस्तै ओलीले अहिलेका सभामुख राजमार्गबाट हिँड्न नमानेको जिकिर गर्दै निर्वाचन आयोगले पनि सडक छाड्न खोजेको बताए ।

उनले पछिल्लो समय अदालतले बाटो बिराउदै गएको उल्लेख गरे । उनले गठबन्धनको गठजोड चुनावमा गएपछि देखिने बताए । अहिले मुलुकमा अलोकतान्त्रिक जस्तो अभ्यास भइरहेकाले चिन्ताका विषय भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *