एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं ! नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो ३ बजे बस्नेगरी बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

उपप्रमुख रिजालका अनुसार महाराजगञ्जस्थित रोयल दरबार रेष्टुरेन्ट एण्ड भेन्युमा बस्नेछ । उक्त बैठक आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनाव केन्द्रित हुने रिजालले बताउनु भयो । आजको बैठकले हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित निर्णयबारे ठोस कार्ययोजना बनाएर पार्टी पङ्क्तिलाई निर्वाचनमा परिचालन गर्ने योजना तय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *