आयोगमा दर्ता भएका सबै दल गठबन्धन गरेर आए पनि आगामी चुनावमा एमालेले जित्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै दल गठबन्धन गरेर आए पनि चुनावमा आफूहरु विजयी हुने बताउनु भएको छ।

पार्टीको भ्रातृ संगठन मुस्लिम इत्तेहाद संगठनको कार्यक्रममा आज उहाँले ‘दर्ता भएजति सबै दल मिलेर आए पनि एमालेसँग सक्दैनन् ।’ भन्नुभएको छ।
एमालेविरुद्ध सत्तारुढ गठबन्धनमा रहेका दलहरुमात्र नभई निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने उहाँले बताउनु भएको छ ।

यसै अनुरुप हिजो काङ्ग्रेसको बैठकमा पनि देउवाले काङ्ग्रेस एक्लैले चुनाबमा प्रतिस्पर्धा गर्न नसक्ने बताएको कुरालाई कोणगर्दै भन्नुभयो- ‘देउवाले के बुझेका छौ, तिमीहरुले मैले ढिस्काबाट हेरेको छु, एमालेका मसल कत्रा छन् ? तिमीहरु नचाहिने कुरा गर्ने ? एमालेसँग एक्लै लड्ने दुस्साहस गर्ने ? भन्ने गरेका छन् । उहाँले भन्नुभयो आधा सही बुझे’, ‘एमालेसँग लड्न सकिँदैन भन्ने बुझे त्यो सही बुझे, तर सबै मिले पनि लड्न सकिँदैन भन्ने बुझ्न सकेका छैनन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *