आगामी स्थानीय निर्वाचनमा पार्टिलाई पहिलो शक्ति बनाउने उद्देश्यका साथ सकियो एमाले बैठक

काठमाडौं ! प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनमा देशभर पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने उद्देश्य लिएको छ । पार्टी केन्द्रीय कमिटीको आज सम्पन्न बैठकले एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यसहितको निर्णय गरेको हो ।

बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले एउटै लयका साथ जनताको घर दैलोमा जान सबै केन्द्रिय सदस्यलाई निर्देशन दिनुभएको छ । त्यसक्रममा अध्यक्ष ओलीले विचार, दृष्टिकोण र संगठनका हिसावले एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने राजनीतिक दलहरु नभएको बताएको पनि उल्लेख गर्नुभएको छ।

केन्द्रिय कमिटी बैठकमा सातै प्रदेशका अध्यक्षले भौगोलिक रिपोर्टिङ गरेका गर्नुभएको थियो, जसलाई बैठकले ग्रहण गरेको छ भने अध्यक्ष ओलीको प्रतिवेदन पनि पारित भएको छ । अध्यक्ष ओलीको प्रतिवेदनमा सदस्यहरुले दिएका सुझाव समेटेर प्रतिवेदन सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ । साथै बैठकले विभागहरुको पूर्णता दिन केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरेको छ । एमालेको विधानअनुसार प्रत्येक विभागमा ३५ जना सदस्य रहने व्यवस्था छ । ति मध्ये धरै विभागले पूर्णता पाउन बाँकी छ ।

बैठकले स्थानीय तह निर्वाचन उम्मेदवारको मापदण्डबारे निर्णय गरेको छ । जसमा वडाध्यक्षको हकमा वडा कमिटीको सिफारिस, गाउँपालिकाको सिफारिससहित जिल्ला कमिटीको निर्णय गर्नेछ । यसैगरी गाउँ/ नगरका प्रमुख उपप्रमुखको गाउँ र नगर तथा जिल्लाको सिफारिसमा प्रदेशले निर्णय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *