चैतको अन्तिम सातासम्म उम्मेदवारहरुको सिफारिस गरिसक्न कमिटीहरुलाई एमाले अध्यक्ष ओलीको निर्देशन

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय निर्वाचनका लागि उम्मेदवारहरुको सिफारिस चैतको अन्तिम सातासम्म गरिसक्न पार्टिका कमिटीहरुलाई निर्देशन दिनुभएको छ।

पार्टिको केन्द्रिय कमिटीको आज दोस्रो एवं अन्तिम दिनको बैठकलाई विशेष सम्बोधन गर्दै उहाँले निर्वाचनको मिति नजिकिदै गएकोले उम्मेदवारका सम्बन्धमा धेरै नअल्मलिइ चैतको अन्तिम सातासम्म सिफारिस गरिसक्न निर्देशन दिनुभएको छ। साथै बैठकमा सहभागी सबै केन्द्रिय सदस्यहरुलाई आ-आफ्नो भुगोलमा चुनाब जित्नेगरी अभियानमा खटिन निर्देशन दिनुभयो।

सरकारले स्थानीय निकायको निर्वाचन आउँदो बैशाख ३० गतेलाई घोषणा गरेको छ । गत निर्वाचनमा जस्तै सफलता प्राप्त गर्न एमालेले देशभर अभियान नै सन्चालन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *