एमाले गोदावरी नगरपालिका – ०६ मातहत रघुसिं साउँदको नेतृत्वमा गौडी टोल कमिटी गठन

कैलाली ! नेकपा एमाले गोदावरी नगरपालिका – ०६ वडा कमिटीको मातहत गौडी टोल कमिटी गठन भएको छ । रघुसिं साउँदको नेतृत्वमा १५ सदस्यीय टोल कमिटी गठन भएको हो।

उक्त कार्यक्रमको अध्यक्षता एमाले गोदावरी नगरपालिका वडा न. ०६ का अध्यक्ष संतोष सिंहले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथिमा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य एवं गोदावरी नगरपालिकाका नगर प्रमुख हरी सिंह साउँद हुनुहुन्थ्यो। त्यसैगरी विशिष्ट अतिथिमा एमाले कैलाली जिल्ला सदस्य गणेस साउँद तथा एमाले गोदावरी नगर अध्यक्ष गोकर्ण भट्ट, अतिथिमा पुर्व जिल्ला सदस्यद्वय रामप्रसाद चौधरी र हरि फुलारा लगायत नगर पदाधीकारीहरु,अन्य वडा कमिटीका पदाधीकारी तथा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।                                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *