एमालेको केन्द्रिय कमिटी बैठक आजपनि,अध्यक्ष ओली र महासचिव पोखरेलको प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजपनि बस्दै छ । हिजो बुधबारदेखि जारी रहेको बैठकमा आज अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको प्रतिवेदनमापिथ छलफल हुने जनाइएको छ ।

हिजो बुधबार पेश भएको अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदनमाथि आज केन्द्रीय कमिटी बैठकमा छलफल हुने कार्यक्रम रहेको छ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा जारी बैठकमा स्थानीय तहको निर्वाचन लक्षित एजेन्डामा छलफल भइरहेका छन् । त्यस्तै अध्यक्ष  ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा पनि स्थानीय तह निर्वाचन केन्द्रीत नै रहेको छ ।
अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनलाई जनमतसंग्रहका रूपमा हेरिएको उल्लेख गर्नुभएको छ । आसन्न निर्वाचनलाई जनादेश र परमादेशबीचको जनमतसंग्रह भएको पनि उहाँको प्रतिवेदनमा उल्लेख छ ।

हिजो एमालेका सातै प्रदेशका अध्यक्षहरुले रिपोटिङ गरिसकेको र पार्टी विभाजनले त्यति असर नपरेको निष्कर्ष उक्त रिपोर्टिङहरुमा उल्लेख भएको छ। यही केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा जान निर्वाचन घोषणापत्र, उम्मेदवार चयन मापदण्ड लगायतका ११ कार्यसूची तोकिएको छ ।

जारी आजको बैठकबाट स्थानीय निर्वाचन संबद्ध महत्त्वपूर्ण निर्णयहरु जारी गरि बैठक सकिदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *