एमाले गोदावरी नगरपालिका-०४ मातहतमा बुढितोला टोल कमिटी गठन

कैलाली! नेकपा एमाले गोदावरी नगरपालिका – ०४ वडा कमिटीको मातहत बुढितोला टोल कमिटी गठन भएको छ । मुक्त बहादुर अधिकारिको नेतृत्वमा २३ सदस्यीय टोल कमिटी गठन भएको छ।

उक्त कार्यक्रमको अध्यक्षता एमाले गोदावरी नगरपालिका वडा न. का ०४ अध्यक्ष रविन्द्र रोका मगरले गरेका थिए।
कार्यक्रमको प्रमुख अतिथिमा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य एवं पुर्व सामाजिक विकास मंत्री कृष्ण राज सुवेदी,विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य तथा नगर प्रमुख हरी सिंह साउँद,अतिथि जिल्ला कमिटी सचिवालय सदस्य हितेस ओझा,जिल्ला कमिटी सदस्य आनन्द भट्ट,जिल्ला कमिटी सदस्य गणेश साउँद,जिल्ला कमिटी सदस्य खेमा साउद,नेकपा एमाले गोदावरी नगर अध्यक्ष गोकर्ण भट्ट,निवर्तमान जिल्ला कमिटी सदस्यद्वय पुष्पराज भट्ट,दीपेन्द्र गिरी लगायत नगर पदाधीकारीहरु,अन्य वडा कमिटीका पदाधीकारी तथा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।                                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *