बृहत चुनावी सभा र पार्टी प्रवेश गराउन एमाले अध्यक्ष ओली खोटाङको दिक्तेल जानुहुँदै

काठमाडौं ! नेकपा एमाले खोटाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने बृहत चुनावी सभाका लागि नौ समिति गठन गरेको छ । आगामी १९ चैतमा दिक्तेलबजारमा हुने चुनाव सभाका लागि एमालेले जिम्मेवारी बाँडफाँड गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराउनु भयो।

५ चैतमा बसेको एमाले जिल्ला कमिटिको दोश्रो पूर्ण बैठकले जनसभालाई बृहत बनाउनका लागि उषाकला राईको संयोजकत्वमा अतिथि सत्कार तथा अध्यक्षलाई स्वागत, रमेशकुमार पौडेलको संयोजकत्वमा प्रचार–प्रसार समिति, रामप्रसाद दंगालको संयोजकत्वमा विभिन्न पार्टीमा रहेकालाई पार्टी प्रवेश गराउने कार्यक्रम, खडेन्द्र राईको संयोजकत्वमा हलेसीमा हुने कार्यक्रम व्यवस्थापन, देवबिक्रम राईको संयोजकत्वमा जनपरिचालन समिति, कुमारप्रसाद आचार्यको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, सुरेन्द्रकुमार राईको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, दिलचक्र राईको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति र प्रमोद श्रेष्ठको संयोजकत्वमा साँस्कृतिक कार्यक्रम परिचालन समिति गठन गरेको छ ।

उक्त कार्यक्रमलाई भव्य बनाउन सबै क्षेत्रबाट जिम्मेवारीहरु बाडफाड गरिएको जनाइएको छ । अध्यक्ष ओलीको उपस्थितिमा उक्त कार्यक्रममा विभिन्न दलहरु परित्याग गरि ठूलो संख्यामा एमालेमा प्रवेश गर्दैछन् । उक्त कार्यक्रममा मुख्य आकर्षणका रुपमा अध्यक्ष ओली लगायत खोटाङबाट निर्वाचित संघिय सांसद एवं एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराई लगायत रहनुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *