एमालेले जारी गर्‍यो अन्तरपार्टी निर्देशन – पार्टी बिभाजन विरुद्ध उभिन सबैलाई आह्वान

 

काठमाडौँ! नेकपा एमालेले पार्टी विभाजनविरुद्ध उत्रिन आन्तरिक सर्कुलर जारी गरेको छ। प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई पार्टी विभाजनविरुद्ध उत्रिन एमालेले आइतबार आन्तरिक पार्टी निर्देशन जारी गरेको हो।

एमालेले पछिल्ला बैठकको निर्णय समेटेर जारी गरिएको अन्तर पार्टी निर्देशन (अपानी)मा पार्टीको पक्षमा सक्रिय भूमिका खेल्न पार्टीका सबै जनप्रतिनिधि सदस्यहरुलाई निर्देशन दिइएको हो।

‘पार्टी विभाजनको दुराशयबाट साथ हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्नसक्ने प्रावधान राखिएको छ,’ एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेको अपानीमा भनिएको छ, ‘अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *