एमालेको पोलिटब्युरो बैठक आज बस्दै

 

काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक सोमबार आज बस्दैछ ।

सो पार्टीको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषण, स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुनेछ ।

यही चैत ९ र १० गते काठमाडौँमा हुने केन्द्रीय कमिटीको तेस्रो बैठकका पूर्वसन्ध्यामा पोलिटब्युरो बैठक बस्न लागेको हो ।

यही चैत १ गते भएको एमालेको सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटीका बैठक तय गरेको थियो । स्थायी कमिटीको बैठक यही चैत १३ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *